सेन्ट्रल अस्पतालमा उपचार लिँदा ४० प्रतिशतसम्म छुट

Devghat Online

शेयर गरौ

चितवन , बैशाख १६ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश र भरतपुरस्थित सेन्ट्रल अस्पतालबीच स्वास्थ्य सेवा सहुलियतको सम्झौता भएको छ। उक्त सम्झौताअनुसार महासङ्घका सदस्य तथा उनीहरूका परिवारजनले सेन्ट्रल अस्पतालमा उपचार लिँदा ४० प्रतिशतसम्म छुट पाउनेछन् भने औषधि खरिदमा ७ प्रतिशत छुट पाउनेछन्।

शुक्रबार बुलिन्टार गाउँपालिका वडा नं. ४ मा आयोजित नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको सातौं कार्यसमिति बैठक तथा जिल्ला-नगर भेलामा महासङ्घका अध्यक्ष अमृत भट्टचन र सेन्ट्रल अस्पतालका सिईओ शोभाखर घिमिरेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
उक्त कार्यक्रममा बोल्दै अध्यक्ष भट्टचनले उद्योगी व्यवसायीहरूलाई उपचार सेवा सहज र सुलभ बनाउन सेन्ट्रल अस्पतालसँग सहकार्य गरिएको बताउनुभयो। उहाँले गण्डकी प्रदेशभरका उद्योग व्यवसायीहरूले भरतपुरस्थित सेन्ट्रल अस्पतालमा उपचार गराउँदा ४० प्रतिशतसम्म छुट पाउने जानकारी गराउनुभयो।
सेन्ट्रल अस्पतालका कार्यकारी प्रमुख शोभाखर घिमिरेले महासङ्घसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि महासङ्घसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो। भरतपुरस्थित सेन्ट्रल अस्पतालमा २४ सै घण्टा विशेषज्ञ चिकित्सक तथा आकस्मिक र आइसियू सेवा, ERCP पध्दतिद्वारा पित्तथैलीको पत्थरी निकालिने सेवा, लेजर प्रविधिद्वारा पाइल्स र फिस्टुलाको उपचार , CT Scan सेवा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू