घरेलु बालश्रमिकको उद्धार

Devghat Online

शेयर गरौ

दमौली, असार १३

व्यास नपा–२ मालपोत लाईन स्थित एक घरमा घरेलु श्रमिकको रुपमा राखिकी ९ बर्षिया बालिकाको बुधबार राती प्रहरीले उद्धार गरेको छ ।

प्युठान जिल्ला बिजुवार गाउँपालिका घर भई हाल व्यास नपा–२ मा भाडामा बस्दै आएका शसस्त्र प्रहरीका पुर्व बरिष्ठ हवल्दार राजकुमार रानाले संरक्षणकोलागि भन्दै घरमा राखेको काठमाडौं घर भएकी ९ बर्षिय बालिकालाई घरेलु श्रमिक बनाई यातना समेत दिने गरेको बारेमा सन्चारकर्मीहरुले जिल्ला प्रहरी कार्यालयका एसपी अपिलराज बोहोरालाई जानकारी गराएपछि तत्कालै जिल्ला प्रहरी कार्यालयबाट आएको टोलीले उद्धार गरेको थियो ।

पीडित बालिकालाई सोही राती संरक्षणको लागि जिल्ला प्रहरी कार्यालयमा लगिएको र उनको अविभावकलाई सम्पर्क गरि जिम्मा लगाउने एसपी बोहोराले बताए । उद्धारकोलागि पुगेको प्रहरी टोलीसँग स्थानीय बासिन्दाले रानाको परिवारले उक्त बालिकालाई नियमित रुपमा यातना दिने गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता