जिपी कोइराला अस्पतालमा दश शय्याको डेङ्गी वार्ड स्थापना

Devghat Online

शेयर गरौ

दमौली, साउन २३
शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा दश शय्याको डेङ्गी वार्ड स्थापना भएको छ ।

अस्पतालमा डेङ्गी सङ्क्रमणका बिरामीको सङ्ख्या बढेसँगै छुट्टै वार्ड स्थापना गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए।

अघिल्लो वर्ष यहाँ महामारीका रूपमा डेङ्गी फैलिएको थियो । हालसम्म अस्पतालमा तीन सय ८५ जनामा डेङ्गी परीक्षण गरिएकामा ९६ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए । डेङ्गी पुष्टि भएकामध्ये २४ जना उपचारपश्चात् घर फर्किएका छन् ।

यसैबीच दमौली अस्पतालमा पनि डेङ्गी परीक्षणका लागि आउने बिरामीको सङ्ख्या बढेको छ । अस्पतालका प्रमुख डा. परिर्वतन बरालका अनुसार दुई सय २३ जना बिरामीको स्वास्थ्य परीक्षण गरिएकामा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका