आजदेखि एसईईको ग्रेड वृद्धि परीक्षा

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन २३

राष्ट्रिय परीक्षा बोर्डले आजदेखि एसईई ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दैछ।

माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा उत्तीर्ण हुन नसकेकाहरुको सुविधाको लागि बोर्डले बुधबारदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षा बिहान ११ बजेदेखि सुरु हुँदैछ।

ग्रेड वृद्धि परीक्षामा २ लाख १० हजार परीक्षार्थी सहभागी हुने बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले जानकारी दिए। परीक्षा सञ्चालनका लागि देशभर ५५० केन्द्र निर्धारण गरिएको छ।

बोर्डले गएको असार १३ गते सार्वजनिक गरेको एसईईको नतिजामा ४८ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए।

नियमित परीक्षाको नतिजामा ‘एनजी’ आएका र त्यतिखेर अनुपस्थित भएका सबै विद्यार्थीले यसपटक पूरक परीक्षा दिन पाउने व्यवस्था गरिएको हो।

तत्कालिन शिक्षामन्त्री सुमना श्रेष्ठको विशेष पहलमा पहिलोपटक सबै अनुत्तीर्ण विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिन लागेका हुन्।

एसइईमा आधाभन्दा बढी परीक्षार्थीको नतिजा नन ग्रेडेड (एनजी) अर्थात् कक्षा ११ मा पढ्न नपाउने आएपछि राष्ट्रिय परीक्षा बोर्डले (एनजी) मा परेका सबै परीक्षार्थीलाई ग्रेड वृद्धि परीक्षाको मौका दिने निर्णय गरेको हो।

यसअघि अधिकतम दुई वटा विषयमा मात्रै एनजी आएका परीक्षार्थीलाई मात्रै यस्तो परीक्षामा बस्न दिने व्यवस्था थियो।

यसपटकको एसईई परीक्षामा अुनुत्तीर्णको सङ्ख्या दुई लाख ४२ हजार भए पनि दुई लाख १० हजारले मात्रै ग्रेड वृद्धि परीक्षाको फर्म भरेका बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता