हेलिकप्टर दुर्घटनामा पाँचैजनाको मृत्यु, शव संकलन गरिँदै

Devghat Online

शेयर गरौ

काठमाडौं, साउन २३

शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचैजनाको मृत्यु भएको पुष्टि भएको छ । घटनास्थलमा रहेका शिवपुरी गाउँपालिका ७ सूर्यौचरका वडाध्यक्ष वीरबहादुर तामाङले दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको बताए ।

घटनास्थलबाट तामाङले भने, ‘हामी सबै जम्मा भइसक्यौं । यहाँ ५ जनाको शव छ । अहिले शवहरू जम्मा गरिरहेका छौं ।

स्थानीयबासीले उक्त डाँडामा धुँवा देखेपछि खबर गरेको नेपाल प्रहरीले बताएको छ । घटनास्थलमा पुगेको प्रहरीले १ जना महिला र ४ जना पुरुषको शव निकालेको छ ।

उनले हेलिकप्टरमा अहिले पनि आगो लागिरहेको सुनाए । काठमाडौंबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको उक्त हेलिकप्टर अरुण मल्लले उडाएका थिए ।

हेलिकप्टरमा सवार चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सीको पनि निधन भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने

गलेश्वर आश्रमले मनायो १०० औं वार्षिकोत्सव तथा गलेश्वर बाबाको ५१ औं स्मृति दिवस

देवघाट । असार २ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी