संविधान दिवसमा तनहुँ कारागारका ७ जना कैदीले आममाफी पाउने

Devghat Online

शेयर गरौ

दमौली, भदौ २१

संविधान दिवसको अवसरमा आगामी असोज ३ गते तनहुँ कारागारबाट ७ जना कैदी रिहा हुने भएका छन् । संविधान दिवसको अवसरमा सरकारले देशभरबाट एकैपटक एक हजारभन्दा बढी कैदीको बाँकी सजाय मिनाहा गरेर छाड्ने तयारी गरेको छ । असोज ३ गते संविधान दिवसका अवसर पारेर उनीहरुलाई सजाय मिनाहा गरेर थुनामुक्त गर्न लागिएको हो । उक्त सुचीमा तनहुँ कारागारमा रहेका ३ जना कैदी पनि रहेका छन् ।

कारागार व्यवस्थापन विभागले गत असार ९ गते ७ दिने सार्वजनिक सूचना आह्वान गर्दै ६२० जना कैदीको सजाय मिनाहाका लागि नामावाली निकालेको थियो । विभागले मंगलबार फेरि ४९२ जनाको नामावलीसहित ७ दिने सूचना निकालेको छ । सजाय मिनाहा गर्न लागिएका उनीहरुविरुद्ध कुनै उजुरी वा गुनासो भए दिन सूचनामा भनिएको छ ।

कारागार व्यवस्थापन विभागका प्रमुख जयनारायण आचार्यले असार ९ गते र भदौ १६ गते निकालिएका नामावलीका कैदीलाई माफी मिनाहाका लागि अब एकैपटक सिफारिस हुने बताए । उनीहरुलाई जेठ १५ गते गणतन्त्र दिवसका दिन माफी मिनाहा गर्नु पर्नेमा सर्वोच्च अदालतको आदेशपछि नियमावली संशोधनको प्रक्रियाले त्यतिबेला सम्भव नभएको कारण पछि नामावाली प्रकाशित गरिएको विभागका प्रमुख आचार्यले बताए ।

तनहुँ कारागारमा रहेका रिहा हुने कैदीहरुमा नकवजनी चोरी मुद्धामा दोषी ठहर भई ५० प्रतिशत कैद भुक्तान गरेका ऋषिङ गाउँपालिका–४ का किसान विक, बहविवहा मुद्धामा ५० प्रतिशत कैद भुक्तान गरेका बन्दिपुर गाउँपालिका ३ का बुद्धिबहादुर नेपाली, सवारी ज्यान मुद्धामा ५० प्रतिशत कैद भुक्तानी गरेका आबुँखैरेनी गाउँपालिका २ का नविन थापा रहेका छन् ।

यसैगरि सवारी ज्यान मुद्धामा ५० प्रतिशत कैद भुक्तान गरेका व्यास नपा–१३ का सागर थापा, सवारी ज्यान मुद्धामा ५० प्रतिशत कैद भुक्तान गरेका बन्दिपुर गाउँपालिका ६ का आनन्द गुरुङ, बहुविवहा मुद्धामा ५० प्रतिशत कैद भुक्तान गरेकी बन्दिपुर गाउँपालिका ३ की सुष्मिता थापा र हातहतियार खरखजना मुद्धामा ५० प्रतिशत कैद भुक्तान गरेका घिरिङ गाउँपालिका ३ का टेकबहादुर थापा रहेका छन् । उनीहरु सबै चालचलन असल भएको भनि जिल्ला कारागार प्रशासनको सिफारिसमा रिहा हुन लागेका हुन् । लोकवाणी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।