मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकाको टोलीद्वारा व्यास नगरपालिकाको अध्ययन भ्रमण

Devghat Online

शेयर गरौ

दमौली, पुस २१

मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचनज्यूको नेतृत्वमा ३२ सदस्यीय जनप्रतिनिधि र कर्मचारीहरूको टोलीले व्यास नगरपालिकाको फोहोर व्यवस्थापन तथा अन्य प्रशासनिक र विकास गतिविधिहरूको अध्ययन तथा छलफल सम्पन्न गरेको छ ।

टोलीले व्यास नगरपालिकामा हाल सञ्चालनमा रहेको फोहोर वर्गीकरण कार्यक्रमको निरीक्षण गर्दै त्यसको प्रभावकारिता र विस्तार सम्भावनाबारे जानकारी लिएको थियो । व्यास नगरपालिकाले कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै रूपमा संकलन गरेर प्रभावकारी तरिकाले व्यवस्थापन गरिरहेको छ, जसले स्थानीय स्तरमै दिगो विकासमा योगदान पु¥याएको छ ।

यी दुई नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय केही महिना पहिले नै भै सकेको छ । यस सम्बन्धले दुई नगरपालिकाका जनप्रतिनिधिहरू र कर्मचारीहरूलाई आपसी अनुभव आदान–प्रदान गर्ने अवसर प्रदान गर्दै दुवै पक्षको समृद्धि र विकासका लागि सहकार्यको वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ ।

घरपझोङ गाउँपालिकाका अध्यक्ष लालचने व्यास नगरपालिकाको प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले नेपालका विभिन्न स्थानीय तहहरूलाई उत्प्रेरणा दिन सक्ने उल्लेख गरे । व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले पनि भगिनी सम्बन्धमार्फत दुवै नगरपालिकाबीचको सम्बन्ध अझ सुदृढ हुने र व्यास क्षेत्र र मुक्तिनाथ क्षेत्र बीच धार्मिक एवं पर्यटकीय विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

छलफलपछि टोलीले व्यास नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र र अन्य विकासीय योजनाहरूको अवलोकन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो