कावासोती नपा–१ का वडाअध्यक्ष मियाँको ह्दयघातका कारण निधन

Devghat Online

शेयर गरौ

चितवन, माघ १९

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१ का वडाध्यक्ष तवारक अहमद मियाँको हृदयाघातका कारण निधन भएको छ ।

शनिबार दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा सहभागी भइरहेका बेला हृदयाघातका कारण निजको मृत्यु भएको युवा संघका केन्द्रीय सदस्य मदन गिरीले बताए । राष्ट्रिय युवा संघ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य व्यक्त गरेर मञ्चबाट ओर्लिएका उनी त्यहीँ लडेका थिए । उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषित गरेका सदस्य गिरीले जानकारी दिए ।

३७ वर्षीय उनका श्रीमती, तीन छोरी र एक छोरा छन् । राष्ट्रिय युवा संघ नेपाल नवलपुरका सहसचिव समेत रहेका उनी स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का तर्फबाट निर्वाचित भएका थिए ।

तनहुँको भिमाद नपा–१ किहुँमा जन्मिएका मियाँ केही वर्ष अघि परिवार सहित कावासोती बसाई सरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गुरुकुल शिक्षा प्रति आकर्षण बढ्दै, देवघाटका गुरुकुलमा चाप थेग्न नसकेपछि प्रवेश परिक्षा

देवघाट । बैशाख ५ देवघाट गाउँपालिका–५ मा श्रीहरिहर सन्यास आश्रमले सन्चालन गरेको परमानन्द संस्कृत गुरुकुल

आबुँखैरेनीका विभिन्न योजनाको लागि बजेट छुट्याउन अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ । बैशाख ५ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग भेट गरी आगामी

घरमै राहदानी वितरण

तनहुँ । बैशाख ५ तनहुँमा घरमै पुगेर राहदानी वितरण कार्य सुरु भएको छ । यसले