देवघाटका ६५७ जना किशोरीलाई एचपिभि खोप लगाइँदै

Devghat Online

शेयर गरौ

देवघाट, माघ २४

देवघाट गाउँपालिकामा ६५७ जना किशोरीलाई एचपिभि खोप लगाईएको छ । गत माघ २२ गतेदेखी सुरु भएको खोप अभियान देवघाटमा शुक्रबार सम्म चल्ने छ । यो अभियानमा गाउँपालिका भरका ६५७ जना किशोरीलाई एचपिभि खोप लगाईने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले बताए ।

देवघाटमा कक्षा ६ देखी १० सम्म विद्यालयमा अध्ययन गर्ने ६४८ तथा विद्यालय नजाने १० देखी १४ वर्ष उमेर सम्मका ९ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर निवारण गर्ने एचपिभी खोप लगाईएको बुढाथोकीले बताए । उक्त खोप कार्यक्रम प्रभावकारी रुपमा सन्चालन भएको धर्मार्थ अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी शशिकला भट्टराईले बताइन् ।

देवघाट गाउँपालिकाका ५ वटा वडाका १७ वटा खोप केन्द्रमा कक्षा ६ मा अध्ययन गर्ने १३० जना तथा कक्षा ७ देखी १० सम्म अध्ययन गर्ने ५१८ जना गरि ६४८ जना किशोरीलाई एचपिभि खोप लगाइएको बुढाथोकीले बताए । त्यस्तै विद्यालय नजाने ९ जना किशोरीलाई नजिकैको स्वास्थ्य संस्थामा उक्त खोप लगाइने कार्यक्रम रहेको छ । उक्त कार्यकोलागि १७ जना स्वास्थ्यकर्मी र ३४ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो