आँबुखैरेनीले विद्यार्थीको उपचार निःशुल्क गर्ने, पुनः भर्ना शुल्क वा वार्षिक शुल्क नलिने

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २७

आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको छ । गाउँपालिकाको शिक्षा समितिले पालिकाभित्रका कुनै विद्यार्थी बिरामी भए आँबुखैरेनी अस्पतालभित्र हुने सम्पूर्ण उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीको अस्पतालमा उपचार निःशुल्क हुने जानकारी दिए । विद्यार्थीको हितका लागि यो निर्णय गरिएको भन्दै आबुँखैरेनी अस्पताल बाहेक अन्यत्रको अस्पतालको उपचारको हकमा भने यो निर्णय लागु नहुने बताए ।

यस्तै शिक्षा समितिको बैठकले निजी र सामुदायिक विद्यालयले पुनः भर्ना शुल्क वा वार्षिक शुल्क नलिने निर्णय गरेको छ । निजी विद्यालयका प्रतिनिधिसहितको बैठकले यस्तो निर्णय गरेको चुमानले बताए । केही विद्यालयले भर्ना शुल्कमा नाममा पैसा लिएको गुनासो आएपछि आफूहरूले यसमा चासो लिएको चुमानको भनाइ छ ।

गाउँपालिकाले शिक्षा सुधार अभियान सञ्चालन गरिरहेको छ । गाउँपालिकाका सबै वडामा रहेका सामुदायिक विद्यालय सुधार्न योजनासहित अगाडि बढेको अध्यक्ष चुमानले बताए । आँबुखैरेनीका छ वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब ५०० विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण