भलिवल प्रतियोगिताको आय व्यय सार्वजानिक

Devghat Online

शेयर गरौ

देवघाट । चैत २७

देवघाट गाउँपालिका–५ स्थित कालिका मन्दिर निर्माण समितिले आयोजना गरेको खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिताको आय व्यय सार्वजानिक गरिएको छ । बुधबार सार्वजानिक सुनुवाई कार्यक्रमको आयोजना गरि उक्त प्रतियोगितामा संकलन भएको रकम र खर्च भएको रकम सार्वजनिक गरिएको हो ।

प्रतियोगिता तथा कालिका मन्दिरका आर्थिक संयोजक अमर थापाका अनुसार उक्त प्रतियोगितामा ३ लाख ८७ हजार २५३ रुपैयाँ संकलन भएको र खर्च १ लाख ४ हजार ७०५ भई कुल बचत २ लाख ८२ हजार ५४८ रहेको छ । उक्त प्रतियोगिताको लागि ६९ जनाले सहयोग गरेको थापाले बताए ।

५ हजार देखि ३० हजार रुपैयाँ सम्म सहयोग गर्ने दाताको एकजनाको नामावाली शिलापत्रमा लेखिने तथा ३० हजारदेखी ५० हजार सम्म सहयोग गर्नेको परिवारका दुई जनाको नाम शिलापत्रमा नाम लिखिने तथा ५० हजार भन्दा माथि सहयोग गर्नेको ३ पुस्ते विवरण शिलापत्रमा लेखिने आर्थिक संयोजक थापाले बताए ।

उक्त बचत रकमले मन्दिर परिसमा महिला तथा पुरुषको छुट्टाछुट्टै शौचालय बनाइने थापाले बताए । करिब ६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त कालिका मन्दिरमा अझ धेरै संरचनाहरु बनाउन बाँकी रहेको भन्दै थापाले आगामी दिनमा पनि यस्तै खेलकुँद लगायतका कार्यक्रम गरि रकम जम्मा गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता