देवघाटमा क्याम्पस खुल्ने निश्चित, बृहत भेलाको आयोजना

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, चैत २७

देवघाट गाउँपालिकामा स्नातक तहको क्याम्पस सन्चालन हुने निश्चित भएको छ । देवघाट गाउँपालिका वडा नम्बर ५ मा क्याम्पस सन्चालन का लागि देवघाट गाउँपालिकाका जनप्रतिनिधि एवं सर्बदलिय एवं सरोकारवालाहरुको बैठकले क्याम्पस सन्चालनको लागि प्रारम्भीक अध्ययन साथै प्रक्रिया अगाडी बढाउन डा.सुरेन्द्र प्रसाद श्रेष्ठको संयोजकत्वमा सम्भाव्यता अध्ययन समिति गठन गरि जिम्मेवारी दिएको थियो ।

उक्त यस समितिले पाएको जिम्मेवारी लाई बहन गर्दै आगामी शैक्षिक सत्र २०८२÷०८३ बाट नै स्नातक तह (विविएस) सञ्चालन गर्ने गरि ‘निर्माण इंन्टिच्युट अफ म्यानेजमेन्ट एण्ड सोसल साईन्स प्रा.लि.’ सँग पहिलो चरणको सम्झौता गरि प्रस्तावित ‘देवघाट कलेज’ नामाकरण समेत गरेको छ ।

क्याम्पस सन्चालन गर्ने विषयमा सहमती भएपनि के कसरी आर्थिक र आवश्यक पूर्वाधारको व्यवस्थापन गरि प्रस्तावित देवघाट कलेज, सन्चालन गर्ने भन्ने विषयमा सुझाव संकलनको लागि सम्भाव्यता अध्ययन समितिले चैत २९ गते देवघाट गाउँपालिकाको सिटिहल क्युँदीमा बृहत भेलाको आयोजना गरेको छ ।

समितिका संयोजक डा.सुरेन्द्रप्रसाद श्रेष्ठले देवघाट कलेज सन्चालन गर्ने निश्चित भएपनि आर्थिक लगायतका अन्य पुर्वाधार निर्माणमा राय सुझाव संकलन गर्न बृहत भेलाको आयोजना गरिएको बताए ।

उक्त सम्भाव्यता अध्ययन समितिमा संयोजक कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष डा. श्रेष्ठ तथा सदस्यहरुमा केशव चन्द्र न्यौपाने, सोमनाथ ढकाल, कालिका माविका प्रअ शरदचन्द्र खनाल र युवराज साँखी सदस्य रहेका छन् । उक्त समितिले लामो गृहकार्य तथा छलफल पश्चात कलेज सन्चालन गर्ने विषयमा निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन