बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७३ घटना

Devghat Online

शेयर गरौ

काठमाडौं । बैशाख २०

पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननसम्बन्धी ७३ वटा घटना भएका छन् । नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाइका अनुसार सन् २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्म भएका ७३ वटा घटनामा १५१ पत्रकार र पाँच वटा सञ्चार संस्था आक्रमणमा परेका छन् ।

महासंघका अनुसार उक्त अवधिमा दुई जना पत्रकारको हत्या भएको महासचिव रामप्रसाद दाहालले जानकारी दिएका छन् । यस्तै, पेशागत असुरक्षाका १६ वटा घटना अभिलेख भएका छन् ।

पत्रकारमाथि धम्की, धरपकड तथा दुव्र्यवहारका अत्यन्त निन्दनीय घटना यस अवधिमा भएका छन्, जसलाई लोकतन्त्रमाथिकै प्रहार भएको महासंघको ठहर छ ।

शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघले उक्त तथ्य सार्वजनिक गरेको हो । सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणापत्र जारी गरेको थियो ।

त्यसपछि युनेस्कोले सन् १९९३ देखि प्रत्येक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने प्रस्ताव संयुक्त राष्ट्रसंघले अनुमोदन गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो ।

महासंघले गत चैत १५ गते काठमाडौँ तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या, सञ्चारमाध्यममाथि आगजनी र आक्रमण, शिक्षक आन्दोलनमा समाचार सङ्कलनका क्रममा पत्रकार सविना कार्कीमाथि भएको ज्यादती, घरानका पत्रकार गोपाल दाहालमाथि स्थानीय सरकारको प्रमुखबाटै भएको भौतिक आक्रमणको धम्की तथा मानसिक यातनाका कारण विस्थापित हुनुपरेको घटनामा खेद प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण