बारालुङ बेसीमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २६

जनताको घर–घरमा छिटो, छरितो तथा एकीकृत सेवा (शिक्षा, स्वास्थ्य, पञ्जीकरण, प्रशासनिक) पु¥याउने उद्देश्यले आँबुखैरेनी गाउँपालिका वडा नं ५ स्थित बारालुङ बेसीमा ’आधारभूत स्वास्थ्य सेवा केन्द्र’ स्थापना गरिएको छ ।

गाउँपालिका अध्यक्ष तथा स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिका संरक्षक शुक्र चुमान क्षेत्रीले सो आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरेका थिए । वडा नम्बर ५ का अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, निवर्तमान वडा अध्यक्ष पञ्च बहादुर गुरुङ, जलदेवी आधारभूत विद्यालयका शिक्षक, आँबुखैरेनी विकास बोर्डका अधिकृत किशोर सुवेदी, स्वास्थ्य शाखाका प्रमुख, स्वकीय सचिव मनोज वास्तोला, स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज कुल बहादुर माहत्रा, स्थानीय स्वास्थ्यकर्मी तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उद्घाटनको अवसरमा आयोजित स्वास्थ्य शिविरमा ३० जना भन्दा बढी सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गरेका थिए । यस केन्द्रबाट स्थानीयवासीले अबदेखि शिक्षा, आधारभूत स्वास्थ्य सेवा र अन्य वडा कार्यालयका सेवा सुलभ रूपमा पाउने छन् । गाउँपालिकाले यस केन्द्रलाई कम खर्चिलो, प्रभावकारी र समाजिक विकासमा टेवा पु¥याउने माध्यमका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण