घिरिङका विभिन्न सडक योजनाकोलागि अर्थमन्त्री समक्ष बजेट माग

Devghat Online

शेयर गरौ

काठमाडौं । साउन २२

घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले घिरिङ गाउँपालिकाका विभिन्न सडक योजनाकोलागि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल समक्ष माग गरेका छन् ।

विहिबार अर्थमन्त्रालमया अर्थमन्त्री पौडेलसँग भेट गरि अध्यक्ष थापाले संघीय योजनामा परेका घिरिङ्ग गाउँपालिकाका विभिन्न सडक योजनाहरुको लागि पर्याप्त बजेट उपलब्ध गराउन माग गरेका हुन् ।

अध्यक्ष थापाले संघीय सडक योनजा अन्तर्गतका गल्याङ–गाईघाट सडक, कृष्ण मार्ग तथा चापाकोट–गजरकोट सडकलाई पर्याप्त बजेट उपलब्ध गराउन माग गरेका हुन् । सो क्रममा अर्थमन्त्री पौडेलले संघीय योजनामा परेका सडकहरुको लागि बजेट उपलब्ध गराउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो