हाइस र मोटरसाईकल ठोकिँदा दुई जना घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । असोज २२

शुक्लागण्डकी नपा–२ चुनेमुढा स्थित पृथ्वीराजमार्ग सडक खण्डमा बुधबार हाइस र मोटरसाईकल ठोकिँदा दुई जना घाइेत भएका छन् ।

दमौलीबाट पोखरा तर्फ जाँदै गरेको बा ३ ख १०५९ नम्बरको हाईस र विपरित दिशा तर्फबाट आउँदै गरेको ग १५ प ८२१० नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईक्लमा सवार २ जना घाइते भएका छन् ।

घाइतेहुनेमा कास्की पोखरा मनपा–३३ बस्ने बर्ष १८ का प्रवेश लामिछाने र उनका वुवा बर्ष ४७ का प्रेमराज लामिछाने रहेका छन् । घाइते दुबैको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये मोटरसाईकल कसले चलाएको भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको उपचारकोलागि तनहुँ सेवा अस्पताल पठाएकोमा थप उपचारको लागि दुबै घाईतेहरुलाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक