शुक्लागन्डकी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २६

शुक्लागण्डकी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । बिहिबार बसेको कार्यपालिका बैठकले हलगोरु पाल्ने किसानलाई अनुदान दिने निर्णय गरेको हो ।

हलगोरु पाल्ने किसानलाई ५ हजार रुपैयाँका दरले अनुदान दिने निर्णय भएको नगर कार्यपालिकाका सदस्य खिमबहादुर कुमालले बताए । यसअघि आवदेन दिएका सबै किसानले अनुदान पाउनेछन् । तर त्यसकोलागि एकपटक अध्यावधिक गर्ने निर्णय भएको छ ।

गत वर्ष चैतमा शुक्लागण्डकी नगरपालिकाले अनुदान दिने भन्दै हलगोरु पाल्ने किसानसँग आवेदन मागेको थियो ।  शुक्लागण्डकी नगरपालिकाले २०८१ चैत २२ गते सम्बन्धि सूचना प्रकाशित गरेको थियो । सूचनामा वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वरोजगार सृजना गर्ने साथै गोरुले खेत जोति खेति गर्ने परम्पराको संरक्षण गर्ने कार्यक्रम रहेको हुँदा इच्छुक कृषकवाट प्रस्ताव आह्वान गरिएको उल्लेख गरिएको थियो ।

‘प्रस्तावक कृषकले यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ३० दिन भित्र तपसिल अनुसारका कागजातहरु सहित तोकिएको ढाँचा अनुसारको प्रस्ताव शुक्लागण्डकी नगरपालिका पशु विकास शाखामा दर्ता गर्नु हुन यो सूचना जारी गरिएको छ । पिछडिएको क्षेत्र र विपन्न वर्गका समुदायलाई विशेष प्राथमिकता दिइनेछ’, सूचनामा उल्लेख थियो ।

त्यसपछि १२ मध्य १० वडाका ४३५ जना किसानले आवेदन दिए । १० हजार रुपैयाँको आश देखाएर नगरपालिकाले बर्ष दिनसम्म पनि दिएन । अन्नतः बिहिबारको बैठकले ५ हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता