सामुदायिक विद्यालय प्रति अविभाकको आकर्षणः घरदैलोमै पुग्यो विद्यालय प्रशासन

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २६

व्यास नगरपालिका वडा नम्बर ४ स्थित बेदव्यास प्राथमिक विद्यालयले घरदैलोमै पुगेर अभिभावकका कुरा सुन्न थालेपछि अभिभावकहरु उत्साहित भएका छन् । विद्यालयले शैक्षिक सत्र २०८३ को भर्ना अभियान अन्तर्गत चुरेखोल्सी टोलमा आयोजना गरेको घरदैलो तथा सर्वेक्षण कार्यक्रमका क्रममा अभिभावकहरूले विद्यालयको पछिल्लो सुधारप्रति खुसी व्यक्त गरेका हुन् ।

कार्यक्रममा सहभागी स्थानीय अभिभावक तुलसी प्रसाद पौडेलले संस्थागत विद्यालय (बोर्डिङ) को जस्तै सुविधा र शैक्षिक वातावरण सरकारी विद्यालयमै प्राप्त हुने भएपछि आफ्ना सन्तानलाई त्यहीँ भर्ना गर्ने मनस्थिति बनाएको बताए । उनका अनुसार विद्यालय प्रशासन आफैँ घरमा आएर गुणस्तरीय शिक्षा र सेवाको ग्यारेन्टी गर्दा अभिभावकहरूमा विश्वास बढेको छ ।

घरदैलो सर्वेक्षणका क्रममा चुरेखोल्सी टोलका १८ जना बालबालिकाको परिवारले बोर्डिङको जस्तै यातायात र अन्य सुविधाहरू सामुदायिक विद्यालयले उपलब्ध गराएमा आफ्ना बालबालिकालाई पठाउन तयार रहेको धारणा राखेका थिए । अभिभावकको यही इच्छालाई सम्मान गर्दै वडा सदस्य गौकुमारी न्यौपानेले वडाको तर्फबाट यातायात (बस) को सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाइन् ।

विद्यालयकी प्रधानाध्यापक सीता वाग्लेले विद्यालयमा अहिले खेलकुद, खाजा र शिक्षण विधिमा विशेष सुधार गरिएको जानकारी दिँदै अब बोर्डिङकै स्तरमा शिक्षा दिन विद्यालय तयार रहेको बताइन् । विव्यस अध्यक्ष हरिश्चन्द्र कार्की, लेखाजोखा संयोजक ईश्वर बास्तोला र चुरेखोल्सी टोल अध्यक्ष हरिराज पौडेल सहितको टोलीले गरेको यो सक्रियताले सरकारी विद्यालयप्रतिको दृष्टिकोण परिवर्तन गर्न सफल भएको स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र