तनहुँ । बैशाख २८
नेपाल पत्रकार महासंघ तनहुँले शाखाका पूर्व सल्लाहकार एवं प्रेस युनियन तनहुँ शाखाका अध्यक्ष स्वर्गीय शेष मोहम्मद हनिफ (गोरा मियाँ) को स्मृतिमा १ लाख १७ हजार ७ सय ६३ को अक्षयकोष स्थापना गरेको छ ।



स्वर्गीय मियाँँले पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदानलाई चीरस्थायी बनाउन शाखाले अक्षयकोष स्थापना गरेको हो ।
शाखाका पदाधिकारी, सदस्य एवं साधारण सदस्यबाट स्वतस्फूर्त रकम सङ्कलन गरी अक्षयकोष स्थापना गरिएको शाखाका अध्यक्ष धनपति अधिकारीले जानकारी दिए ।
मियाँको गत २०८२ माघ २१ गते ६४ वर्षको उमेरमा निधन भएको थियो । मियाँको निधन भएको चौथो दिनको पुण्यतिथिमा शाखाका अध्यक्ष अधिकारीले स्व. शेष मोहम्मद हनिफ (गोरा मियाँ) फोटो पत्रकारिता स्मृति पुरस्कार स्थापना गरिने घोषणा गर्नुभएको थियो ।
उक्त अक्षयकोषबाट प्रत्येक वर्ष फोटो पत्रकारितामा महत्वपूर्ण योगदान गर्ने एक जना सञ्चारकर्मीलाई सम्मान गरिनेछ ।
अक्षयकोष स्थापनाका लागि डिपी अधिकारीले पाँच हजार, विवि श्रेष्ठले पाँच हजार पाँच सय, कृष्ण न्यौपानेले पाँच हजार, सविन लामिछानेले पाँच हजार, प्रतापसिंह अधिकारीले पाँच हजार, प्रकाश अधिकारीले दुई हजार, ओमकार आचार्यले पाँच हजार एक सय ११, प्रकाशचन्द्र भट्टराईले पाँच हजार, डा. बसन्त/विमला कंडेलले सात हजार सात सय ७७, उपेन्द्र खनालले पाँच हजार पाँच सय ५५, सोनी शर्माले पाँच हजार पाँच सय ५५, सूर्यचन्द्र बस्नेतले पाँच हजार पाँच सय ५५, मदन/शिला वाग्लेले चार हजार, राजकुमार श्रेष्ठले तीन हजार, देव गजमेरले दुई हजार पाँच सय पाँच, विष्णु गौतमले पाँच हजार, प्रेमप्रसाद पौडेलले पाँच हजार एक सय ५५, सुनिता आचार्यले पाँच हजार पाँच सय, प्रताप रानाले तीन हजार पाँच सय, श्रीहरि पौडेलले दुई हजार, सम्झना रसाइलीले पाँच हजार, प्रदीप काफ्लेले पाँच हजार, डम्बरबहादुर अधिकारीले पाँच हजार, नारायण खड्काले पाँच हजार र एलोज श्रेष्ठले पाँच हजार ५० सहयोग गरेको महासंघले जनाएको छ ।












