डिभिजन वन कार्यालयले निशुल्क विरुवा वितरण गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । असार १३

डिभिजन वन कार्यालय तनहुँले जिल्लावासीको लागि निशुल्क विरुवा वितरण गर्ने भएको छ । कार्यालयले यही असार १६ गते मंगलबार विभिन्न २८ प्रकारका विरुवाहरु कार्यालय परिसरबाट वितरण गर्न लागेको हो ।

कार्यालयको नर्सरीबाट आर्थिक वर्ष २०८३/०८४ मा उत्पादित ति विरुवाहरु जिल्लाबासीलाई निशुल्क रुपमा वितरण गर्न लागिएको डिभिजन वन कार्यालयका प्रमुख मनोज रानाभाटले बताए ।

कार्यालयले यस वर्ष निमारो, राईखन्यु, वडहर, कटहर, च्युरी, कोईरालो, तेजपात, अशोका कल्की, निम, कपुर, शितलचिनी, अमला, बर्राे, हर्राे, बकाईनो, कुरिलो, धुपी, गोलमोहोर, बिरेन्द्रफुल, पारिजात, चाँप, खयर, बेल, पिपल, बर, राजबृक्ष र नारेश्वर जातका विरुवा वितरण गर्न लागेको कार्यालयका सुचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता