आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

Devghat Online

शेयर गरौ

तनहुँ । असार १५

आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय थपका लागि विश्वविद्यालयबाट सोमबार सम्भाव्यता अध्ययन सम्पन्न भएको छ ।

क्याम्पसको होटल व्यवस्थापन विषय थपको सम्भाव्यता अध्ययनका लागि त्रिवीबाट गठित सम्भाव्यता अध्ययन टोलीले होटल व्यवस्थापन क्याम्पसको भौतिक पूर्वाधार शैक्षिक एवं आर्थिक व्यवस्थापनका बारेमा अध्ययन एवं अवलोकन गर्नुभएको थियो ।
अध्ययनका क्रममा टोलीका होटेल व्यवस्थापन विज्ञ सूर्य किरण श्रेष्ठले क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रशासन र कर्मचारीहरूसँग होटल व्यवस्थापन सञ्चालनको लागि क्याम्पसले गरेको तयारीका विषयमा अन्तरक्रिया गरेका थिए ।

होटल व्यवस्थापन विषय सञ्चालनको लागि हाल क्याम्पसमा स्वीट रूम, रेस्टुरेन्ट, भान्सा डाइनिङ हल, रिसेप्सन, एचएम बैठक कक्ष, एचएम विभाग कार्यालय, सेमिनार हल, इन्क्युवेसन सेन्टर, पुस्तकालय, तालिम कक्षा, वजैचा, छात्र छात्र शौचालय, प्रमुखको कार्यकक्ष, प्रशासन, लेखा, स्टोर्स र परीक्षा शाखा जस्तो पूर्वाधारहरू उपलब्ध छन् ।

क्याम्पसमा होटल व्यवस्थापन विषय सञ्चालनका लागि विश्वविद्यालय अनुदान आयोग र क्याम्पसको संयुक्त लगानीमा होटल व्यवस्थापन र आइटी कार्यक्रम सञ्चालन गर्न आगामी भदौ महिना भित्र इनोभेटिभ कम्प्लेक्स भवन निर्माण भइरहेको क्याम्पसले जनाएको छ ।

हालसम्म उक्त भवनको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । उक्त भवनमा होटल व्यवस्थापनको लागि सुविधा सम्पन्न आधुनिक कक्षाकोठा कार्यालय र प्रयोगशाला रहने क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए । क्याम्पसले ३ वर्ष अगाडिदेखि होटल व्यवस्थापन विषयमा कक्षा ११ र १२ को अध्ययन अध्यापनको व्यवस्था मिलाएको छ । हाल उक्त कक्षाहरूमा २ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् ।

गोरखा, लमजुङ र तनहुँ ३ जिल्लामा होटल व्यवस्थापनको स्नातक तहको कार्यक्रमहरू सञ्चालनमा छैनन् । ग्रामीण पर्यटन र बाह्य पर्यटनहरूका लागि तनहुँ, लमजुङ र गोर्खा जिल्लामा पर्यटनका महत्वपूर्ण पूर्वाधारहरू निर्माण भइरहेका छन् । त्यसैगरी ति जिल्लाहरूमा कक्षा ११ र १२ मा होटल व्यवस्थापन विषयको अध्ययन अध्यापन हुँदै आइरहेको छ । होटल व्यवस्थापनमा कक्षा ११ र १२ उत्तीर्ण गरेका विद्यार्थीहरू स्नातक तहमा होटल व्यवस्थापन अध्ययनको अवसर खोजीमा रहने गरेका छन् । रोजगारीको दृष्टिकोणबाट पनि होटल व्यवस्थापन अध्ययन गरेको जनशक्तिको स्वदेशी तथा विदेशी बजारमा ठूलो माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसमा होटल व्यवस्थापन अध्यापनकोलागि सम्भाव्यता अध्ययन

तनहुँ । असार १५ आदिकवि भानुभक्त क्याम्पसमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन विषय

‘श्वेतशार्दुल’ का लेखक राईलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ प्रदान

काठमाडौं । असार १४ मदन भण्डारी फाउण्डेसनले यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२’ लेखक तथा

उर्जामन्त्री श्रेष्ठले गरे कालिका कालीगण्डकी जलविद्युत आयोजनाको निरिक्षण

देवघाट । असार १३ उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देवघाट गाउँपालिका–५ को साँढेबगरमा निर्माणाधिन

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४