सवारी चालक सचेतना निरन्तर, सर्च एण्ड स्विप अपरेसनमा ८ जना नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । असार १६

मुग्लिङ पोखरा सडक खण्डमा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले मंगलबार पनि सवारी चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिएको छ ।

मंगलबार बिहान ४ बजेबाट ७ बजेसम्म चालक सचेतना कार्यक्रम सन्चालन भएको थियो । उक्त अवधिमा सवारी साधनका चालकलाई सडकको अवस्था, मौसम, लेन अनुशासन, ट्राफिक नियमको पालना सम्बन्धि सम्झाईबुझाई गरिएको बताईएको छ ।

सो क्रममा १८ वटा दुई पाङग्रे सवारी साधन, ५४ वटा ४ पाङग्रे साना सवारी साधन र ४९ वटा ठुला सवारी साधनका चालकलाई सचेत गराईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

यसैविच जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी ईकाईबाट खटिएको प्रहरी टोलीले लागुऔषध नियन्त्रण, अबैध मदिरा, शान्तिसुरक्षा, फरार पक्राउ, चोरी नियन्त्रण, प्राकृतिक स्रोत साधनको अनाधिकृत प्रयोग नियन्त्रण लगायतको लागी गरिएको सर्च एण्ड स्विप अपरेसन कारबाहीमा ८ जना शंकास्पद व्यक्ति नियन्त्रणमा लिई थप अनुसन्धान पश्चात आफन्तको जिम्मा लगाई छाडिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय