आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १०

व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच आइतबार एक विशेष अन्तरक्रिया बैठक सम्पन्न भएको छ । व्यास नगरपालिका–३, स्थित प्रतिष्ठानको कार्यालयमा आयोजित उक्त बैठकमा गत असार ८ गते दुई संस्थाबीच सम्पन्न संस्थागत सहकार्य सम्झौता कार्यान्वयनका विषयमा गहन छलफल भएको थियो ।

प्रतिष्ठानका अध्यक्ष मनुमाया श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रियामा क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशबहादुर सुनार, प्रतिष्ठानका संरक्षक प्रतापलाल श्रेष्ठ र क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष श्रीराम कार्कीको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा क्याम्पसका प्रमुख महाप्रसाद हड्खलेले आर्थिक वर्ष २०८३÷०८४ का लागि दुई संस्थाको सहकार्यमा गर्न सकिने कार्यक्रमहरू समेटिएको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । प्रस्तुत प्रस्तावमा दुवै संस्थाका प्रमुख तथा पदाधिकारीहरूले पूर्ण समर्थन जनाउँदै आ–आफ्नो वार्षिक कार्ययोजनामा समावेश गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दुई संस्था विच समावेशी पुस्तकालयको विकास गर्ने तथा डिजिटल लाइब्रेरीको संरचना तयार पार्ने, प्रतिष्ठानको पुस्तकालयका लागि आवश्यक वेबसाइट, एप्स र सफ्टवेयर विकासमा क्याम्पसको बिआइसिटीई विभागले प्राविधिक सहयोग पु¥याउने, स्थानीय भाषा, संस्कृति, ज्ञान र सीपको प्रवद्र्धन तथा अभिलेखीकरणका कार्यक्रमहरू सञ्चालन गर्ने, तथा राजनीतिक, शैक्षिक तथा आर्थिक मुद्दाहरूमा संयुक्त बहस कार्यक्रम, समुदायमा पठन अभियान र संयुक्त पुस्तकालय दिवस आयोजना गर्ने विषयमा सहकार्य हुने भएको छ ।

उक्त अवसरमा आदिकवि भानुभक्त क्याम्पसका तर्फबाट सञ्चालक समिति सदस्यहरू ईश्वरबहादुर बिष्ट र निर्मल पण्डित, सहायक क्याम्पस प्रमुख डा. रामकुमार अधिकारी, पब्लिक क्याम्पस प्राध्यापक सङ्घ (नेपाल) क्याम्पस इकाई अध्यक्ष राजन घिमिरे र अफिसर गौरव पन्थको सहभागिता रहेको थियो भने प्रतिष्ठानका तर्फबाट उपाध्यक्ष माधव अधिकारी, उपाध्यक्ष सिर्जना सिग्देल, महासचिव नेत्र रानाभाट, उपमहासचिव विनोद कुमार बिक, सचिवहरू मदन तिमल्सेना र शिव सदाशंकर तथा कोषाध्यक्ष डम्बर विश्वकर्माको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित

भोटेकोसी बाढीका बेपत्ताको खोजीमा त्रिशूलीसम्म कुकुरसहितको संयुक्त प्रहरी टोली परिचालन

तनहुँ । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र बेपत्ता व्यक्तिहरूको

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता