प्राविधिक प्रहरी जवान खत्री तनहुँको ‘उत्कृष्ट प्रहरी’ घोषित

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ १७

जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्राविधिक प्रहरी जवान चिरञ्जिवी खत्री २०८३ साल श्रावण महिनाको ‘उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

संगठनको नीति तथा निर्देशनबमोजिम तालुक कार्यालयबाट प्राप्त निर्देशन तथा सूचनालाई आवश्यकता अनुसार तत्काल कार्यान्वयन गर्नुका साथै सवारी दुर्घटना, दैवी प्रकोप तथा कानुनविपरीतका अवैध गतिविधि जस्ता घटनामा समयमै प्रहरी परिचालन गरी जिम्मेवारी निर्वाह गरेको मूल्याङ्कनका आधारमा खत्रीलाई उत्कृष्ट प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरी जवान खत्रीले आफूलाई प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमानदार, बफादार र कर्तव्यनिष्ठ भई कुशलतापूर्वक निर्वाह गरेको भन्दै उनको कार्यसम्पादनको उच्च मूल्याङ्कन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले