दमौलीका युवाद्वारा धादिङ र नुवाकोटका बाढीपीडितलाई राहत वितरण

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ २०

रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित धादिङ र नुवाकोटका बाढीपीडित परिवारलाई दमौलीका युवाहरूले राहत सामग्री वितरण गरेका छन् ।

दमौली क्षेत्रका विभिन्न शुभेच्छुक, सहयोगदाता तथा स्थानीयवासीबाट संकलन गरिएको राहत सामग्री बाढीका कारण घरबार तथा दैनिक उपभोगका सामग्री गुमाएका ५ सयभन्दा बढी परिवारलाई वितरण गरिएको हो ।

राहतस्वरूप प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, कापीकलम तथा दैनिक जीवनयापनमा आवश्यक भाँडाकुँडालगायतका सामग्री वितरण गरिएको थियो । दमौलीका युवा सुदीप गफ्फार सहितको युवाको टोलीले राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेर वितरण गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा