भारतीय विदेशमन्त्री एस.जयशंकरले पशुपतिनाथ मन्दिरमा पुजागरी पारिजातको बिरुवा रोपे !!

Devghat Online

शेयर गरौ

५ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । उनले पशुपतिनाथ मन्दिर परिसरमा पारिजातको बिरुवा पनि रोपेका छन् ।

पश्चिम द्वारसँगैको ढुंगेधारा नजिकै पारिजातको बिरुवा रोपिसकेपछि उनले पशुपतिनाथको दर्शन गरेका थिए । उनले झण्डै आधा घण्टा पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए । त्यसपछि डा. ढकालले विदेशमन्त्री जयशंकरलाई मायाको चिनो स्वरुप शिवलिंग प्रदान गरेका थिए ।

जयशंकरसँगै नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी र डेपुटी चिफ अफ मिसन डा. अजय कुमार पनि पशुपति मन्दिर गएका थिए । कोषको तर्फबाट सदस्यसचिव डा. ढकाल, कोषाध्यक्ष डा. मिलन थापालगायत पदाधिकारी थिए ।

कोषका पदाधिकारीहरुसँग कुरा गर्दै जयशंकरले पशुपतिमा धेरै सुधार भएको बताएका थिए । सदस्य सचिव डा. ढकालले अनलाइनखबरसँग भने, ‘हामीसँग सामान्य कुरा भयो, उहाँले (जयशंकर)ले पशुपति क्षेत्र पहिलेभन्दा धेरै राम्रो सुधार भएछ भन्नुभयो ।’

नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका जयशंकरले केहीबेरपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितलनिवासमा भेट्ने र दिउँसो तीन बजेपछि स्वदेश फर्किने कार्यक्रम छ । उनले बुधबार नेपाल आएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

स्रोत तथा फोटो  :www.onlinekhabar.com

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय