बसको ठक्करबाट एकको मृत्यु

Devghat Online

शेयर गरौ

दमौली ०९ भदौ
तनहुँको व्यास नगरपालिका—१४ छाब्दीमा आइतबार दमौलीबाट छाब्दी मन्दिर तर्फजाँदै गरेको ग १ ख २७०३ नम्बरको यात्रुबाहक बसले ठक्कर दिंदा एक जना महिलाको मत्यु भएको छ । गोठमा काम गरिरहेको अवस्थामा बसले थिच्दा छाब्दी निवासी ५४ वर्षीया गोमा पन्थको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरी कार्यालयका अनुसार उक्त यात्रुबाहक बस छाब्दी मन्दिर नजिकको उकालोमा ब्रेक फेल भई अचानक पछि हट्न जाँदा गोठमा रहेकी ती महिलाको मृत्यु भएको बताइएको छ । बसको ठक्करले सख्त घाइते भएकी पन्थको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको र ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय