चितवनकामा स्क्रव टाइफस जाँचमा मनोमानी शुल्क

Devghat Online

शेयर गरौ

चितवन, भदौं २८–

डेँगुको परीक्षणमा मनोमानी शुल्क लिइरहेका चितवनका अस्पतालहरुले स्क्रव टाइफस जाँचमा समेत मनोमानी शुल्क लिने गरेका छन् । स्क्रव टाइफस जाँचका लागि चाहिने कीटको मूल्य ५९० रुपैयाँ रहे पनि यहाँका अस्पतालहरुले भने बिरामीबाट चर्को शुल्क असुल्ने गरेका छन् । ‘हामीले बेच्ने अधिकतम मूल्य भनेको ५९० हो’ केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियसनका केन्द्रीय सदस्य महेश भट्टराईले भने ।

कीटलाई ५९० भनिए पनि परीक्षणको क्रममा निजी अस्पतालहरुले तीन हजार रुपैयाँसम्म लिएको पाइएको छ । खरिद मूल्यको पाँच गुणा बढाएर निजी अस्पतालले बिरामीबाट शुल्क उठाइरहेका छन् । स्क्रव टाइफस जाँचमा सबै भन्दा बढी शुल्क चितवन मेडिकल कलेजले लिने गरेको छ । सधै विवादमा मुछिने चितवन मेडिकल कलेजले शिक्षा क्षेत्रमा समेत अवैध शुल्क असुल्दै आएका छन् । चितवन मेडिकल कलेजले स्क्रव टाइफस जाँचका लागि सर्बैभन्दा बढी तीन हजार रुपैयाँ लिने गरेको छ । यस्तै नारायणी सामुदायिक हस्पिटलले दुई हजार ६ सय रुपैयाँ लिने गरेको छ । अस्पताल मध्येको सबै भन्दा कम शुल्क श्री पुष्पाञ्जली अस्पतालले लिने गरेको छ ।

यस्तै यहाँका अस्पतालले मात्र नभई ल्याबहरुले पनि फरक–फरक मूल्य लिइरहेका छन् । एनआरएलले १२ सय लिने गरेको छ भने आरडीएलले १८ सय रुपैयाँ लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास