क्रिकेट स्टार सन्दीप लामिछानेले खरिद गरे काठमाडौंमा घर !!

Devghat Online

शेयर गरौ

नेपालका युवा क्रिकेट स्टार सन्दीप लामिछानेले काठमाडौंमा घर खरिद गरेका छन् । बुढानीलकण्ठमा रहेको फराकिलो कम्पाउनन्डसहितको आकर्षक घर उनले केही दिन अगाडि खरिद गरेका हुन् ।

३ वर्षयता अन्तर्राष्ट्रिय टि २० लिगहरु खेल्न थालेयता छोटो समयमै करोडौं आर्जन गरिसकेका छन् सन्दिपले । आठ वटा देशका टि २० फ्रेन्चाइज खेलेका उनी सर्वाधिक देशमा क्रिकेट खेल्ने क्रिकेटरको रुपमा दर्ज छन् ।

हालै मात्र उनी बेलायतको ‘द हन्ड्रेड’ मा डेढ करोड मूल्यमा अनुबन्ध भएका थिए । साथै उनले यूएईमा आयोजना हुने टि(१० लिग पनि खेल्ने छन् । यसमा उनी ४५ हजार अमेरिकी डलरमा आबद्ध भएका हुन् ।

उनी नेपाली राष्ट्रिय टिमका महत्वपूर्ण सदस्य पनि हुन् । अन्डर १९ विश्वकपमा ह्याट्रिक गरेर चर्चामा आएका सन्दीपले १६ वर्षको उमेरमै राष्ट्रिय टिममा डेब्यू गरेका थिए ।

स्याङजामा जन्मेका सन्दीपको स्थायी बसोबास चितवनमा थियो । काठमाडौंमा घर खरिद गरेपछि उनले बुवा आमालाई पनि यतै ल्याएर राखेका छन् ।

सन्दीपले यो घर साढे ४ करोड रुपैयाँमा खरिद गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी