अमेरिकामा माघेसक्रान्ती विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

सुरेन्द्र मगर / कोलोराडो
अमेरिकामा माघेसक्रान्ती विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । डेनभर मगर समाज डेनभर कोलोराडो अमेरिकाले माघेसक्रान्तीको अवसर पारेर सांस्कृतिक कार्यक्रम यही पौष २६ गतेका दिन कटप्पास किचेन ब्रुमपफिल्ड कोलोराडोको इभेन्टहलमा भव्यताकासाथ सु–सम्पन्न गरेको हो । समाजका अध्यक्ष गोविन्द यस्लामी मगरको सभापतित्वमा भएको कार्यक्रममा नेपाली घर कोलोराडोका अध्यक्ष लक्ष्मण राना प्रमुख अतिथि थिए। कार्यक्रममा बोल्दै रानाले समाजको कार्यक्रम अत्यन्तै सह्रानीय रहेको र समाजको उज्जवल भविष्यको कामना गरेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरूलाई समाजका उपाध्यक्ष टेक थापामगरले स्वागत मन्तव्य व्यक्त्त गरेका थिए । कार्यक्रममा अन्जू थापा मगरले मगर भाषाको गित मार्फत स्वागत गरेकी थिइन् । कार्यक्रममा बब्बु थापा, शिला तामाङ, शशी रावल, रूपेश बराल, बसन्त थापा लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहको थियो । समाजको तर्फबाट विविध नृत्य तथा लाइभ कौरा, चुडका प्रस्तुत गरिएको थियो । कार्यक्रममा नृत्य, गायन प्रस्तुत गर्ने कलाकारहरूलाइ प्रमुख अतिथिमार्फत प्रमाण पत्र प्रदान गरिएको थियो . भने ज्येष्ठ नागरिक ७६ वर्षीय दुक बहादूर थापा मगरलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथै कोलोराडो युनिभर्सि्टिबाट कम्प्यूटर साइन्समा ग्राजुयसन गरेका नारायण रम्जाली मगरलाई समेत सम्मान पत्र दिइएको थियो । कार्यक्रममा भिजिट नेपाल २०२० को व्यापक प्रचार प्रसार गरिएको थियो । कार्यक्रममा बोल्दै समाजका अध्यक्ष गोविन्द यस्लामी मगरले समाजको स्थापना यसको औचित्य र भविष्यको बारेमा प्रकाश पारेका थिए . राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ सञ्चालित डोनेसन बक्सबाट उठेको दुइ हजार एक सय अमेरिकन डलर रकम छिट्टै नै केन्द्रका अध्यक्ष महाबीर पुनलाइ हस्तान्तरण गरिने समाजका अध्यक्ष गोविन्द यस्लामी मगरले बताए। कार्यक्रम समाजका सचिव कृष्ण थापा मगरले सञ्चालन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा