ह्याक भयो लाइसेन्सको अनलाइन फारम प्रणाली, सेवा ठप्प

Devghat Online

शेयर गरौ

सुधिर भण्डारी
काठमाडौं , माघ १७

सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम प्रणाली ह्याक भएको छ।

बुटवल, पोखरालगायत ठाउँको अनलाइन फारम प्रणाली ह्याक भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।

‘फारम भर्न सकिएन भनेर धेरै गुनासो आयो। जाँचबुझ गर्दा पोखरा र बुटवलमा एउटै आईपी एड्रेसबाट अस्वभाविक रूपमा धेरै फारम भरिएको भेट्यिो,’ हमालले सेतोपाटीसगँ भने।

विभागको आइटी डिपार्टमेन्टले अनलाइन फारम प्रणाली ह्याक भएको आशंकामा हालको लागि अनलाइन फारम बन्द गरेको छ। काठमाडौंमा समेत ह्याक भएको हुनसक्ने विभागको आशंका छ।

‘बिचौलियाहरुले बिहानै ह्याक गरेर पैसा तिर्ने सेवाग्राहीको फारम भर्ने रहेछन्। अरूले भर्ने नमिल्ने रहेछ। त्यसैले हाल हाम्रो आईटी डिपार्टमेन्ट अनलाइन प्रणाली परिमार्जन गर्न प्रयासरत छ,’ हमालले भने।

यसबारेमा प्रहरीलाई समेत जानकारी दिइसकेको उनले बताए।

विभागले एउटा आइपी एड्रेसबाट सीमित फारममात्र भर्न मिल्ने व्यवस्था मिलाउन लागेको उनले जानकारी दिए।
सेताेपाटिबाट साभार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण

देवघाटमा सूचना प्रविधिसम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न

देवघाट । जेठ ३१ देवघाट गाउँपालिकाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि सञ्चालन गरिएको सूचना प्रविधिसम्बन्धी