स्थानीय सडक अवरोध गर्नु गैरकानुनीः प्रजिअ अधिकारी

Devghat Online

शेयर गरौ

५ बैशाख, दमौली
तनहूँँका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले लकडाउनलाई कडा बनाउन भन्दै विभिन्न स्थानीय तहका विभिन्न स्थानमा स्थानीय बासिन्दाले सडक अवरुद्ध गर्ने कार्य गैरकानुनी भएको बताएका छन् । कोरोनाको जोखिम कम गराउन स्थानीय बासिन्दाले आफ्नो गाउँ ठाउँमा जाने सडकमा बाँस तथा ढुङ्गा मुढा राखेर अवरोध गरेका छन् ।
ग्रामीण भेगमा नागरिकहरुको आवतजावत बढ्न थालेपछि स्थानीय बासिन्दाले नै लकडाउन कडा बनाउन भन्दै सडकमा अवरोध गरेका छन् । ग्रामीण भेगमा जाने सडक, मोटरेवल पुल र झोलुङ्गे पुलमा स्थानीय बासिन्दाले आवतजावत रोक्न अवरोध गरेका छन् ।
अवरोध गरिएको ठाउँमा एम्बलेन्स वा अत्यावश्यक सवारी आएमा भने सर्वसाधरणले नै उक्त अवरोध हटाउने गरेका छन् । जिल्लाको व्यास नपा, शुक्लागन्डकी, भिमाद नपा तथा ऋषिङ गाउँपालिका र देवघाट जाने पक्की तथा कच्ची सडकमा स्थानीयले सडक अवरोध गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले लकडाउन कडा बनाउने नाममा स्थानीय बासिन्दा आफैले सडक अवरोध गर्न नपाईने बताए । यस्तो कार्य गैरकानुनी भएको भन्दै प्रजिअ अधिकारीले सडक अवरोध गर्ने काम स्थानीय बासिन्दाको नभएको हुँदा कहीँ कतै त्यस्तो अवरोध गरेको भए त्यो तुरुन्तै हटाउनु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना न्युनिकरणकोलागि शुक्लागण्डकीमा सामुहिक स्वस्ती शान्ती गरिने

तनहुँ । बैशाख ९ पृथ्बीराजमार्ग निर्माणसँगै दिनदिनै बढिरहेको दुर्घटनालाई मध्येनजर गरि तनहुँको शुक्लागण्डकीमा दुर्घटना न्युनीकरणको

अनलाइन मिडिया र सामाजिक सञ्जालमा भ्रामक र तथ्यहित सामाग्री नराख्न सरकारको चेतावनी

काठमाडौं । बैशाख ९ सरकारले अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा अपुष्ट, भ्रामक र तथ्यहीन सामग्री