दमौली । चैत १९
नेकपा एमालेले बैशाख १० गते हुने उपनिर्वाचनको परिचालन गर्न केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला सह–इन्जार्च भगवती न्यौपानेको संयोजकत्वमा १ हजार ५ सय सदस्यिय निर्वाचन परिचालन कमिटि गठन गरेको छ । आईतबार पार्टी कार्यालय दमौलीमा बसेको क्षेत्रीय समन्वय कमिटिको बैठकले निर्वाचन परिचालन कमिटि गठन गर्ने निर्णय गरेको हो ।



सो कमिटिमा सम्बन्धित क्षेत्रका जिल्ला कमिटिका पदाधिकारीहरु, जिल्ला कमिटिका सदस्यहरु, गाउँ तथा नगरकमिटिका पदाधिकारी तथा सदस्यहरु, जनबर्गिय संगठनका पदाधिकारी तथा सदस्यहरु एवं पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु सदस्य छन् । कमिटिले निर्वाचन परिचालन सम्बन्धि सम्पुर्ण काम गर्ने जिल्ला कमिटिका उपाध्यक्ष एवं क्षेत्रीय समन्वय कमिटिका संयोजक हरिराज कडेंलले बताए ।
एमालेले निर्वाचन प्रचारको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बैशाख १ गते बन्दिपुरमा पालिका स्तरको र बैशाख ५ गते दमौलीमा क्षेत्रीय स्तरको चुनावी सभा आयोजना गर्ने निर्णय गरेको छ । अभियानको क्रममा पार्टीका पदाधिकारी लगायतका नेताहरुले सबै पालिका स्तरको सभालाई सम्बोधन गर्ने केन्द्रीय सदस्य न्यौपानेले बताईन् ।
सो बैठकलाई सम्बोधन गर्दै एमाले स्थायी कमिटिका सदस्य किरण गुरुङले उपनिर्वाचनको परिणामलाई एमालेको पक्षमा पार्ने गरि सबै कार्यकर्ता एकताबद्ध रुपमा खटिनु पर्ने बताए । बैठकलाई पोलिट्व्युरो सदस्य टुकराज सिग्देल, केन्द्रिय सदस्य भगवती न्यौपाने, केन्द्रीय सल्लाहाकार एकबहादुर राना, प्रदेश सचिवालय सदस्य केदार सिग्देल लगायतले सम्बोधन गरेका थिए ।












