राष्ट्रिय सहकारी दिवस मनाईने

Devghat Online

शेयर गरौ

दमौली । चैत १९

६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार दमौलीमा बृहत ¥याली तथा अन्तरक्रिया गरिने भएको छ । व्यास नगरपालिकाको सहयोत तथा जिल्ला सहकारी संघ तनहुँको आयोजना एवं राष्ट्रिय सहकारी बैंक, सहकारी कर्मचारी क्लव र जिल्ला स्थित विभिन्न विषयगत सहकारी संघ संस्थाको सह आयोजनामा सहकारी दिवसको अवसरमा बिहान ७.३० बजे अनसन चौतारीबाट प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जिल्ला सहकारी संघका अध्यक्ष प्रदिप अधिकारीले जानकारी दिए ।

‘सहकारीको दिगोपनः स्वनियम र सुशासन’ भन्ने मुल नाराका साथ सहकारी दिवस मनाइने भएको हो । सहकारी अभियानको सबैभन्दा ठूलो पर्वको रुपमा लिईने राष्ट्रिय सहकारी दिवसको अवसरमा देशभर नै प्रारम्भिकदेखि केन्द्रीय निकायका साथै सहकारी विभागले विभिन्न कार्यक्रम आयोजना गर्ने छन् ।

६५ वर्ष अघि अर्थात् २०१३ सालमा चैत २० गतेका दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन छ । स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो । सोही कारण गुरुङलाई नेपालको सहकारी अभियानको जन्मदाता तथा अगुवा मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय