तनहुँ जिल्लालाई गर्व गर्ने जिल्ला बनाउने छु: एमाले उम्मेदवार खनाल

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २१

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार सर्वेन्द्र खनालले तनहुँ जिल्लालाई गर्व गर्ने जिल्लाको रुपमा विकास गर्ने बताएका छन् । मंगलबार दमौलीमा नेकपा एमालेको व्यास नगर कमिटीको बैठकलाई सम्बोधन गर्दै खनालले राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत तनहुँलाई गर्व गर्न सक्ने जिल्ला बनाउने प्रतिबद्धता जनाए । खनालले तनहुँको मात्रै हैन, देशकै छोरा बन्ने प्रयत्न गर्ने बताए । सोही कारण देश र जनताको सेवाको लागि आफु चुनावी मैदानमा आएको उनले बताए ।
खनालले प्रहरी महानिरिक्षकको रुपमा ललिता निवासकान्डमा आफुले दोषीलाई कारवाही गर्न फाईल तयार गरेपछि आफू विरुद्ध षड्यन्त्र भएको बताए । आफुले जिन्दगीभर राष्ट्रियताको संरक्षण र सम्बर्द्धनमा लागिरहेको उनले बताए । आफ्नो प्रहरी सेवाकालमा देशको गुन्डाराज, बिकृती र बिसंगतीको अन्त्यकोलागि काम गरेको उनले बताए । आफुले प्रहरी सेवाकालमा तनहुँका जनताको हितमा धेरै काम गरेको पनि उनको भनाइ थियो ।
आफुले जागिरे जिवनकालमा संधै जनताको सुरक्षा र हितलाई ध्यानमा राखेर काम गरेको उनले बताए । सरकार र द्वन्द्वरत पक्षविच शान्तिवार्ताको क्रममा शान्ति सुरक्षाको जिम्मेवारी लिएको, मधेस आन्दोलन, विप्लव समुहको शान्ति प्रक्रियामा अवतरण र पृथकताबादी आन्दोलनलाई पनि राजनीतिको मुलधारमा ल्याउनेकामको सुरक्षाको जिम्मेवारी आफ्नो नेतृत्वमा भएको खनालले दावी गरे।

‘मसँग धेरै नेताको कुन्डली छ, आवश्यक परे जनताको माझमा सार्वजनिक गर्नसक्छु’ उनले भने ‘गुन्डाराजको अन्त्य मेरै पालामा भएको हो ।’ आफ्नो नेतृत्वमा नेपाल प्रहरी उत्कृष्ट संगठन बनेको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय