अवको चुनाव राष्ट्रबादी र राष्ट्रघातीविचको प्रतिश्पर्धाः गुरुङ

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २१

नेकपा एमालेका स्थायी कमिटिका सदस्य किरण गुरुङले बैशाख १० गते हुने उपनिर्वाचन राष्ट्रवादी र राष्ट्रघाती विचको प्रतिश्पर्धा भएको बताएका छन् । मंगलबार नेकपा एमाले व्यास नगर कमिटिको सचिवालय बैठकलाई सम्बोधन गर्दै गुरुङले चुनावमा राष्ट्रवादीहरुको जित हुनु अनिवार्य भएको बताए । वर्तमान प्रतिगामी सत्तागठबन्धनलाई चुनावमा परास्त गरि राष्ट्रघातीहरुलाई झापड हान्नु पर्ने गुरुङले बताए ।

उपनिर्वाचनको परिणामले सरकारको आकारमा गठनमा कुनै निर्णायक भुमिकामा कुनै असर नगरेपनि बिदेशीहरुले बनाईदिएको राष्ट्रघातीहरुलाई परास्त गरि जनताको जित गराउनु पर्ने उनले बताए । यो चुनावमा जनताको जित भएमा राष्ट्रघाती शक्तिहरुले देश विरुद्ध गतिविधि गर्न नसक्ने गुरुङले बताए । चुनावमा राष्ट्रघातीहरुको जित भएमा देशको अस्तित्व नै संकटमा पर्न सक्ने गुरुङले सचेत गराए ।

एमालेका उम्मेदबार सर्वेन्द्र खनाल प्रहरीमा हुँदा राष्ट्रियताको रक्षाको र देश हितको पक्षमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै गुरुङले खनाललाई उम्मेदबारको रुपमा पाउँदा एमालेका कार्यकर्ताहरुले गर्व गर्नु पर्ने बताए । खनाललाई जिताउन एमालेका सबै कार्यकर्ताहरु एकताबद्ध भएर सम्पुर्ण समय लगाउनु पर्ने बताए । विगतमा राष्ट्रसंघमा जागिर खाएको भन्दैमा कसैले आफुलाई अर्थशास्त्री भन्दै भोट माग्न आएमा जनताले त्यसलाई अस्विकार गर्नु पर्ने गुरुङले बताए ।

नेकपा एमाले व्यास नगर कमिटिका कार्यवहाक अध्यक्ष तुल्सीराम पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा एमाले केन्द्रिय सदस्यहरु कृष्ण पौडेल, भगवती न्यौपाने, सविता रसाईली, गन्डकी प्रदेश सचिवालय सदस्यहरु केदार सिग्देल, विष्णुभक्त सिग्देल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय