सामुदायिक बन महासंघ देवघाटको अध्यक्षमा कार्की निर्वाचित

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
देवघाट, चैत २१

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ देबघाट गाउँ पालिकाको अध्यक्षमा प्रविण कार्की निर्वाचित भएका छन् । महासंघको मंगलबार देवघाटमा सम्पन्न दोस्रो अधिबेशनले कार्कीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति सर्वसम्मतरुपा निर्वाचित गरेको छ ।

सो समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः इन्द्रा थापा, एलिजा अधिकारी र पार्वती चितौरे चयन भएका छन् । त्यस्तै सदस्यमा एकमाया गुरुङ, डालिमाया मल्ल, कमला देवकोटा, थमबहादुर थापा, कृष्ण न्यौपाने, यामबहादुर गुरुङ र सन्तबहादुर आले चयन भएका छन् ।

त्यसैगरि जिल्ला प्रतिनिधि तर्फ प्रविण कार्की, भोजराज नैनावस्ती र टुकनाथ अधिकारी तथा महिला प्रतिनिधि एलिजा क्षेत्री, भिममाया गुरुङ र हरिमाया सिवाकोटी चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा केशवचन्द्र न्यौपाने, डिल्लीराम गिरी, नवराज गुरुङ र भरत आचार्य तथा महिला प्रतिनिधिमा टिकिसरा गुरुङ, एकमाया गुरुङ, परिमाया मगर र इन्द्र थापा मगर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको