काँग्रेसका उम्मेदबार भट्टराई मतदाताको घर दैलोमा (फोटो सहित)

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, चैत २३

नेपाली काँग्रेस तनहुँ क्षेत्र नम्बर १ का उम्मेदबार गोविन्द भट्टराईले विहिबारबाट घरदैलो अभियान सुरु गरेका छन् । काठमाण्डौंमा सत्तागठबन्धनका शिर्ष नेतालाई भेट गरि बुधबार राती आफ्नो निर्वाचन क्षेत्र आईपुगेका भट्टराईले विहिबार बिहानैदेखी व्यास नपाको विभिन्न वडामा पुगी घर दैलो अभियान र मतदातासँग अन्तरक्रिया सुरु गरेका छन् ।

सो अवसरमा भट्टराईले म यही माटोमा जन्मे हुर्केको अनि यसैको विकासका लागि पाखा पखेरो गर्दै यो ठाउँमा आइपुगेको भन्दै अब तनहुँको विकासलाई राष्ट्रिय मुद्दा बनाउने महाअभियानमा सबैले साथ दिन अनुरोध गरे ।

‘म यहीँको तपाईंहरूकै भाइछोरो हो, यहाँको सबै समस्या र गर्नुपर्ने काम राम्रोसँग थाहा छ’ भट्टराईले मतदातासँग भने ‘यसै क्षेत्रबाट निर्वाचित हुनुभएका रामचन्द्र पौडेल राष्ट्रपति भएको र उहाँको उत्तराधिकारीको रूपमा उम्मेदवार बनी म आएको हुँ ।’

चुनावी अभियानमा पुर्व मन्त्री डोबाटे विकले स्थानीय उम्मेदवार भनेको कांग्रेसका गोबिन्द भट्टराई मात्रै भएको र एमालेका सर्वेन्द्र खनाल भनेको मंसिरको चुनाबमा काठमाडौंमा फेलर भएको मान्छे हो भन्दै स्वतन्त्रबाट उठेका स्वर्णिम वाग्ले पनि अवसरवादि ब्यक्ति भएको बताए । बिकले कांग्रेस पुर्व सहमहामन्त्री गोबिन्दराज जोशीको कारबाही फुकुवा भैसकेको र छिट्टै मुलधारमा आउने बाताबरण बन्दै गएको समेत बताए ।

भट्टराईले विहिबार व्यास नपा ११, १२, १३ र १४ का विभिन्न टोलमा मतदातसँग भेट गरि अन्तरक्रिया समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल