घिरिङमा आमा समुहको भवन गाउँपालिका अध्यक्षद्वारा उद्घाटन

Devghat Online

शेयर गरौ

अन्जान परियार÷घिरिङ
चैत २३ गते

घिरिङ गाउँपालिका–५ कटिया टोल स्थित प्रगतिशील आमा समुहको नवनिर्मित भवनको विहिबार घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाले उद्घाटन गरे । सो भवन उद्घाटन गर्दै अध्यक्ष थापाले घिरिङमा फरक राजनीतिक दल भएको बहानामा कुनै पनि विभेद नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

घिरिङका जनप्रतिनिधि र कर्मचारीले दुःख दिएको तथा भ्रष्टाचार, अनियमितता गरेको पाइएमा आफुलाई सुचित गर्न अपिल गर्दै अध्यक्ष थापाले घिरिङका जनताको शिर ठाडो हुने गरि काम गर्ने प्रतिबद्धता जनाए । विद्यालय, सडक, खानेपानी तथा स्वास्थ्यमा बिशेष प्राथमिकता राखी विकासको कामलाई तिब्रता दिने अध्यक्ष थापाको भनाई थियो ।

सो कार्यक्रममा बिशिष्ट अतिथी घिरिङ गाउँपालिकाका निबर्तमान अध्यक्ष रनबहादुर रानाले आफ्नो कार्यकालमा उक्त भवन निर्माणको लागि बजेट बिनियोजन गरेको बताउँदै सो भवन निर्माणकालागि गरिएको प्रस्तावमा केही तत्व बाधक बनेता पनि आफुले समाधान गर्न सफल भएकोले आज भवन निर्माण सम्पन्न हुँदा खुसी भएको बताए ।

सो कार्यक्रमा वडा नम्बर ५ का अध्यक्ष बिष्णुविर आले, नेकपा एमाले जिल्ला कमिटी सदस्य सेतिमायाँ गौतम र एमाले गाउँकमिटी उपाध्यक्ष सुमनकुमार श्रेष्ठ लगायतले ले मन्तव्य राखेका थिए । सो अवसरमा गाउँ कार्यपालिका सदस्य भुवन सिं बिक, प्रेस सल्लाहकार अन्जान परियार, अध्यक्षका स्वकीय सचिब राजकुमार थापा, वडा नम्बर ५ का वडा सदस्यहरु, शिक्षक, बुद्धिजीवी, आमा समुहका प्रतिनिधिहरु र स्थानियहरुको सहभागिता रहेको थियो ।

सो आमा समुहको ४ कोठे भवन १८ लाख रुपैँयाको लागतमा निर्माण सम्पन्न भएको हो । भवन निर्माणका लागी गाउँपालिकाले तीन आर्थिक बर्षमा ८ लाख, आमा समुह, चन्दादाताहरु बाट १० लाख र स्थानीयको जनश्रमदानबाट भवन निर्माण सम्पन्न गरिएको हो ।

सो अवसरमा जग्गादाता चोलामाया थापालाई प्रमुख अतिथी गाउँपालिकाका थापाले दोसल्ला ओडाएर सम्मान पत्र सहित सम्मान गरेका थिए ।
ऋामा समुहकी अध्यक्ष फुलमायाँ थापाको अध्यक्षतामा भएको सो कार्यक्रमको सन्चालन युवा नेता जसमान थापाले गरेका थिए भने स्वागत मन्तब्य एक्का माया थापाले राखेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल