प्रधानमन्त्रीलाई ओलीको प्रश्नः शरणार्थी प्रकरणमा छानबिन नगर्न तपाईंलाई कसले दबाब दियो ?

Devghat Online

शेयर गरौ

काठमाडौं, बैशाख २४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नक्कली शरणर्थी प्रकरणमा कसले छानबिन नगर्न दबाब दियो रु भनेर प्रश्न गरेका छन् ।

शनिबार ओलीसँगको भेटपछि प्रचण्डले जसको दबाब आएपछि छानबिन गरेर दोषीलाई कारवाही गर्ने भन्दै दिएको अभिव्यक्तिप्रति ओलीको आक्रोश पोखे ।

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘म कसैलाई छाड्नेवाला छैन भनिरहेका छन् प्रधानमन्त्रीले । अहिलेको नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने कुरा सुरुवाता गरेकै उनैले हो कि रु कुरा उठाएर छानविन थालेकै उनले हो कि रु भर्खर मैले कुरा गरेपछि बुझ्दैछु भन्दैछन् । तर, हिजो आएर प्रचण्डले फाइफुइँ गरेर मानिल्याऔं उनैको आविष्कार जस्तो गर्दैछन्। हामी सरकारको ध्यानाकर्षण गराइरहेका छौं ।’

उनले गत वर्षदेखि नै आफ्नो पार्टीको सांसदहरुले संसद बैठकमा कुरा उठाउँदा सरकारले नसुनेको दाबी गरे।

‘हामीले उहिलेदेखि संसदमा कुरा उठाएको नसुन्ने अहिले कसैलाई छाड्दिनँ रे । पुष्पकमल दाहालका खुशीको कुरा हो कसैलाई छाड्ने र नछाड्ने रु दोषि छ भने कानूनले छाड्दैन । को हो पुष्पकमल दाहाल छाड्दिनँ भन्ने रु के भन्या त्यो रु म झुक्दिनँ दबाबमा पर्दिनँ । कसले दबाब दियो’, उनले प्रश्न गर्दै भने, ‘मलाई बोलाएर भेट्ने विभिन्न विषयमा कुरा गर्ने, म निस्किएपछि कसैको प्रभावमा प्रर्दिनँ । म झुक्दिनँ पछि हट्दिनँ । कसले दबाब दियो तपाईलाई पछि हट्नु भनेर म प्रश्न गर्न चाहन्छु । मैले कसैको छानविन नगर्नुस् भनेको छैन । कडा साथ कारवाही गर्नुस् ।’

सो प्रकरणमा पार्टीका कोही व्यक्ति मुछिएको हुनसक्ने भएपनि एमालेलाई नै धसेट्न खोजेकोप्रति आपत्ति जनाए

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो