सर्जरी नै खोजेको अर्थतन्त्रलाई झारफुक गरेर हुँदैनः स्वर्णिम वाग्ले

Devghat Online

शेयर गरौ

काठमाडौं, बैशाख २५

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् प्रतिनिधि सभा सांसद स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रले अहिले सर्जरी खोजेको र झारफुक गरे ठीक हुन्छ कि भनेर लाग्न नहुने बताएका छन् ।

‘अर्थमन्त्रीज्यू भन्नु हुन्छ आर्थिक वृद्धि गराइदिन्छु, सुशासन दिन्छु, सामाजिक न्याय दिन्छु, संघीयताको सबलीकरण गर्छु र निजी क्षेत्रको मनोबल वृद्धि गर्छु । तर, तै पनि किन खल्लो हो माहोल रु’, सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘हामी कुनै उत्साहिन कर्मकण्डमा सामेल भएको जस्तो अनुभव गरिरहेका छौं । यो यथास्थितीवादी निवन्धले सम्पुर्ण नीति, योजना, बजेट निर्माणमा शासकीय व्यवस्थामाथि नै अविश्वस भइरहेको छ । अब सुधारने, सप्रिने र सच्चिनेको विकल्प छैन् ।’

नेपाली कांग्रेसको घोषण पत्र अर्थमन्त्रीले पढेको होला भनेर प्रश्न गरेका छन् । आफूले थोरबहुत पढेको र आफूले नै लेखेको बताउँदै उनले त्यहीअनुसार काम गर्दा पनि देशको आर्थिक अवस्था माथि उठ्ने दाबी गरे ।

‘आर्थिक वृद्धिको कुरा ठीक हो । तर, अर्थतन्त्रले लय गुमाएको बेला ८ प्रतिशत आर्थिक वृद्धिको प्रक्षपण भएको बेला आज २ प्रतिशतभन्दा कममा हामी रुमलिरहेका छौं’, उनले भने, ‘मलाई याद छ अर्थमन्त्रीका दाजु रामशरण महतले २०७१ सालमा ल्याएको बजेटमा स्थिरता र स्थाइस्तो के कुरा गरिएको थियो । त्यतिबेला अर्थतन्त्र लयमा नै थियो । अहिलेका राजस्व कम उठ्नु, व्यापार घाटा वृद्धिलगायत ४ वटा ठूला खाडल पुरा गर्नुपर्ने अवस्था छ ।’

अर्थमन्त्री प्रकाशशरण महतले हिजो प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी र नियमित जस्तै भएको वाग्लेको भनाइ छ । उनले देशको आर्थिक अवस्था बिग्रिएको बेला पनि त्यसमा कुनै चासो नदिएको बताए ।

उनले भने, ‘अर्थमन्त्रीले अघिल्ला वर्षहरुमा जस्तै गरिने छ भन्ने वाक्यले भरिएको विनियोजन विधेयक २०८० को प्राथाकिता तथा सिद्धान्त प्रस्तुत गर्नु भएको छ । विगत केही वर्षका विनियोजन विधेका दस्तावेज लिएर त्यसको वाक्य र शब्दहरु लिएर प्रस्तुत भएका छन् । नियमित र कर्मकाडी नै यो दस्तावेज आएको छ । अहिले अर्थतन्त्र असाधारण अवस्थमा रहेको छ । यस वर्षको आर्थिक वृद्धि दर ३ दशकको नै कमजोर रहेको छ ।’

आर्थिक वर्ष सकिन लाग्दा पनि ५१ प्रतिशत मात्रै राजस्व उठेकोले असफल नीतिलाई नितन्तरता दिने कि नयाँ केही गर्ने भनेर उनले प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक