स्थानीय श्रोत र सीप प्रयोग गरि बाँसको सोफा तयार

Devghat Online

शेयर गरौ

आवुँखैरेनी, बैशाख २७

आवुँखैरेनीका मगर तथा सिमान्तकृत भुजेल समुदायका व्यक्तिहरुले स्थानिय स्रोत र सीपको प्रयोग गरि बाँसको आकर्षक सोफा तयार गरेका छन् ।

स्थानिय स्रोत र सीपको प्रवद्र्धन गरि उद्यमशिलता बिकास गर्ने नीति अन्तर्गत आँबुखैरेनी गाउँपालिकाले सबैभन्दा सिमान्तकृत र पिछडिएको भुजेल तथा मगर समुदायका ३४ जनालाई बाँसजन्य सामाग्रीको उत्पादनको लागि तालिम दिएको थियो ।

उक्त तालिम पश्चात भुजेल र मगर समुदायका व्यक्तिहरुले बाँसको आकर्षक सोफा निर्माण गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

आवुँखैरेनी गाउँ पालिकाले बाँसजन्य र फलामजन्य सामग्रीको उत्पादन गर्नको लागि उद्यमशिलता बिकास कार्यक्रम अन्तर्गत मार्किचोकमा उद्योग स्थापना गर्ने अध्यक्ष चुमानले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म