स्थानीय श्रोत र सीप प्रयोग गरि बाँसको सोफा तयार

Devghat Online

शेयर गरौ

आवुँखैरेनी, बैशाख २७

आवुँखैरेनीका मगर तथा सिमान्तकृत भुजेल समुदायका व्यक्तिहरुले स्थानिय स्रोत र सीपको प्रयोग गरि बाँसको आकर्षक सोफा तयार गरेका छन् ।

स्थानिय स्रोत र सीपको प्रवद्र्धन गरि उद्यमशिलता बिकास गर्ने नीति अन्तर्गत आँबुखैरेनी गाउँपालिकाले सबैभन्दा सिमान्तकृत र पिछडिएको भुजेल तथा मगर समुदायका ३४ जनालाई बाँसजन्य सामाग्रीको उत्पादनको लागि तालिम दिएको थियो ।

उक्त तालिम पश्चात भुजेल र मगर समुदायका व्यक्तिहरुले बाँसको आकर्षक सोफा निर्माण गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

आवुँखैरेनी गाउँ पालिकाले बाँसजन्य र फलामजन्य सामग्रीको उत्पादन गर्नको लागि उद्यमशिलता बिकास कार्यक्रम अन्तर्गत मार्किचोकमा उद्योग स्थापना गर्ने अध्यक्ष चुमानले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो