दमौली, बैशाख २७
ट्राफिक सप्ताहको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले ग्रामिण क्षेत्रमा सन्चालन हुने सवारी साधनका चालक र यात्रुलाई सचेतना दिएको छ । कार्यालयका प्रमुख राजिव विष्ट सहितको ट्राफिक प्रहरीको टोलीले बुधबार व्यास नपा–५ को साँगे क्षेत्रमा गई त्यस क्षेत्रमा सन्चालन हुने सवारी साधनका चालक र यात्रुहरुलाई सवारी दुर्घटना न्युनिकरण सम्बन्धी सचेतना दिएको थियो ।




सवारी दुर्घटना सम्बन्धी सचेतना बढाई दुर्घटना न्युनिकरण गर्न नागरिकमा सचेतना फैलाउने उद्देश्यले सप्ताहव्यापी सचेतना कार्यक्रम आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख विष्टले बताए । ट्राफिक प्रहरीले सोमबारबाट विभिन्न कार्यक्रम गरी ट्राफिक सप्ताह मनाईरहेको छ ।

दैनिक सवारी दुर्घटना बढिरहेका बेला आफू र आफ्नो घरबाटै ट्राफिक सचेतना बढाऔँ भन्ने उद्देश्यले उक्त सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको विष्टले बताए ।

सप्ताहको अवसरमा विद्यालयका बालबालिकालाई पनि यस सम्बन्धी सेचतना दिने, जेब्रा क्रसिङको प्रयोग गर्न सकिाउने, सवारी साधनका चालकको स्वास्थ्य परिक्षण, सवारी साधनको यान्त्रिक परिक्षण, स्टिकर टाँस्ने लगायतका सेचतना मुलक कार्यक्रम भईरहेको विष्टले जानकारी दिए ।












