दमौली, जेठ ४
अखिल क्रान्तिकारीकी नेतृ सिता बरालको परिचय अव गायिकाको रुपमा पनि हुने भएको छ । तनहुँको शुक्लागन्डकी नगरपालिकाको बेलचौताराकी बरालले चर्चित गायक राजन कार्कीसँग मिलेर ‘माया मिसाउँदा’ गित सार्वजनिक गरेकी छिन् ।



बरालको प्रस्तुती रहेको उक्त गितमा गायक कार्की र गायिका बरालको आवाज समेटिएको छ । माया प्रेमको भाव सहितको गितको भिडियो गायक राजन कार्कीको युट्युव च्यानल मार्फत हालै सार्वजनिक भएको छ ।
उक्त गितको भिडियोमा बराल र कार्कीलाई देख्न सकिन्छ । प्रकाश आचार्यको शब्द र गायक कार्कीको लय रहेको गितले दर्शक स्रोताको मत जित्ने विस्वास लिएको गायिका बरालले बताईन् ।
आफ्नो पहिलो प्रस्तुती रहेको हुँदा सबैले सुनेर प्रतिक्रिया तथा हौसला दिन बरालले अनुरोध गरेकी छिन् । बराल अखिल क्रान्तिकारीकी केन्द्रिय सदस्य समेत हुन् ।












