सुख्खा खडेरी प्रभावित किसानलाई राहत दिन एमाले देवघाटको माग

Devghat Online

शेयर गरौ

देवघाट, जेठ ५

नेकपा एमाले देवघाट गाउँ कमिटिले सुख्खा खडेरी प्रभावित किसानलाई राहत दिन देवघाट गाउँपालिका समक्ष माग गरेको छ ।

एमाले देवघाटले शुक्रबार देवघाट गाउँपालिकालाई ध्यानाकर्षण पत्र दिँदै यस वर्ष सुख्खा खडेरीको कारण देवघाटको पाँच वटै वडाका किसानले लगाएको मकै खेती ७५ प्रतिशत भन्दा बढि सुक्न गई कृषकहरु ठुलो मारमा परेको हुँदा यस विषयलाई गम्भिर विपतको रुपमा लिई आवश्यक तथ्यांक संकलन गरि प्रभावित किसानलाई राहत दिन माग गरेको हो ।

खेती किसानी गरि खाने किसानले लगाएको वर्षे खेती मकै लामो सुख्खा खडेरीको कारण ७५ प्रतिशत भन्दा बढि मकैका बोट सुक्न गई मकै खेतीमा आश्रीत परिवारहरुको मल, बिउ, हल गोरु त्था आफ्नो श्रम समेत खेर गएको एमाले देवघाटका अध्यक्ष केशवचन्द्र न्यौपानेले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा जनाईएको छ ।

सुख्खा खडेरीको कारण प्रभावित क्षेत्रमा भोकमरी र अनिकाल समेत लाग्न सक्ने अवस्था भएको हुँदा त्यस्ता अति प्रभावित किसानलाई राहत दिन देवघाट गाउँपालिका समक्ष माग गरिएको नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष न्यौपानले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू