नीति तथा कार्यक्रम कपडा पसलमा राखेको डमी जस्तोः न्यौपाने

Devghat Online

शेयर गरौ

काठमाडौं, जेठ ८

राष्ट्रिय सभाकी सदस्य भगवती न्यौपानेले सरकारको नीति तथा कार्यक्रम कपडा पसलमा राखेको डमी जस्तो भएको टिप्पणी गरेकी छन् । सोमबार आर्थिक वर्ष ०८०÷ ८१ को नेपाल सरकारको नीति तथा कार्यक्रमप्रति राष्ट्रियसभाको बैठकमा आफ्नो धारणा राख्दै नेकपा एमालेकी नेतृ न्यौपानेले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘सरकारको नीति तथा कार्यक्रम कपडा पसलमा राखेको डमी जस्तै छ, कपडा पसलमा राखेको डमीलाई राम्रो कपडा लगाइएको हुन्छ, सुन्दर पनि देखिन्छ तर त्यो निर्जीव बस्तु हो, जुन बस्तुको प्राण हुँदैन ।’ नेतृ न्यौपानेले राजस्व अहिलेसम्म ७५ प्रतिशत संकलन भैसक्नु पर्नेमा ५४.५७ प्रतिशत मात्र संकलन भएको, पुँजीगत खर्च जम्मा ३४ प्रतिशत भएको, महंगी ८ प्रतिशतले बढेकोमा आपत्ति जनाइन् ।

तरलता, व्यापारमा संकुचन रहेको, आर्थिक वृद्धिदर अत्यन्त न्युन रहेको, मुद्रा स्फितिमा समस्या भएको जस्ता सवालहरु उठाउँदै न्यौपानेले यी तथ्यांकलाई सरकारले किन वेवास्ता गर्दैछ भन्ने प्रश्न समेत गरिन् ‘निर्यात जम्मा २६ प्रतिशत हुनुलाइ गम्भीर रुपमा लिनुपर्छ । सरकार बस्तु होईन मान्छे निर्यात गर्छ, मस्तिष्क निर्यात गर्छ, श्रम र पाखुरा निर्यात गर्छ ।’–उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण