मुग्लिङ–पोखरा सडक विस्तार अभियानः शहिद स्मृतीद्वार भत्काईयो

Devghat Online

शेयर गरौ

दमौली, जेठ १६

पृथ्वीराजमार्ग अन्तर्गतको मुग्लिङ–पोखरा सडक विस्तार कार्यक्रम अन्र्तगत मंगलबार बिहान दमौलीको भोर्लेटार चोकमा रहेको शहिद स्मृतिद्वारमा डोजर चलाईएको छ । ६ लेनमा विस्तार हुने उक्त सडकको विच भागमा रहेको उक्त गेट सडक विस्तार आयोजनाले भत्काएको हो ।

सो गेट भत्काउने क्रममा माओवादी केन्द्रका कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो । सो गेट केही बर्षअघि माओवादी केन्द्रका कार्यकर्ताहरुले निर्माण गरेका थिए । पृथ्वीराजमार्ग क्षेत्रमा तीब्र गतिमा सडक बिस्तारको कार्य भैरहेको र मापदण्ड बिपरीत रहेको हुँदा उक्त शहिद स्मृति द्वार भत्काइएको आयोजनाले जनाएको छ ।

उक्त शहिद स्मृति द्वार भत्यकाईएपछि माओवादीका कार्यकर्ताहरुले सामाजिक सन्जालमा चिन्ता व्यक्त गरेका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ओमराज आले मदनले अब छिट्टै उचित स्थानमा आकर्षक र सुन्दर शहिद गेट निर्माण गरिने बताए ।

‘शहिदहरुको निशानी शहिदहरु सम्मानमा निर्मित आशा र बिश्वासको प्रतिक निकै ठुलो जेहेनत र परिश्रमबाट योगदानमा ठडिएको दमौलीको शहिद गेट पोखरा–मुग्लिनको सडक बिस्तारको क्रममा भत्काईएको÷ढलाइएको छ ।’ आलेले भनेका छन् ‘अब छिट्टै उचित ठाउँमा निकै आकर्षक र सुन्दर शहिद गेट निर्माण गर्ने अठोट÷प्रतिबद्धता ब्यक्त गर्दछु ।’

तश्विरहरुः कृष्णचन्द्र न्यौपाने

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र