बन्दिपुरका ४६ जना कृषकलाई मौरी सहितको घार वितरण

Devghat Online

शेयर गरौ

दमौली, जेठ १६

कृषि ज्ञान केन्द्र तनहुँले मंगलबार बन्दिपुर गाउँपालिका–२ हल थुम्काका विपन्न, गरीव न्यून आए भएका ग्रामीण क्षेत्रमा बसोबास गर्ने ४६ जना महिला तथा युवायुवतीहरुलाई मौरीको गोला सहितको घार वितरण गरेको छ ।

ग्रामिण पोषण सुरक्षण कार्यक्रम अन्तर्गत हल्थुम्काका कृषकहरुलाई मौरी पालन सम्बन्धि तालिम दिएर सो घार निशुल्क उपलब्ध गराईएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए ।

सो अवसरमा कृषि ज्ञानकेन्द्रका प्रमुख तिवारी, बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा तथा वडा नम्बर २ का वडा अध्यक्ष तीलक कुवँरले कृषकहरुलाई मौरीको घार तथा अन्य कृषि उत्पादनका सामाग्रीहरु उपलब्ध गराएका थिए ।

 

हल्थुम्का व्यवसायिक मौरी पालनका लागि निकै उपयुक्त भएको हुँदा मौरीको क्षेत्र विस्तारले थोरै भए पनि कृषकहरुको जीविकोपार्जनमा टेवा पुग्ने विश्वास लिएको कृषि ज्ञान केन्द्रका प्रमुख तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता