देवघाटमा वडा स्तरीय सार्वजानिक सुनुवाई कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, जेठ १९
देवघाट गाउँपालिका वडा नम्बर ५ को आयोजनामा वडा स्तरीय सार्वजानिक सुनुवाई कार्यक्रम शुक्रबार देवघाट हाटबजार परिसरमा सम्पन्न भयो ।

‘पारदर्शी जवाफदेही परिणाममुखी नागरिक मैत्री विधिको शासन’ भन्ने मूल नाराका साथ आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रम सम्बन्धि वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सप्पन्न गरिएको थियो ।

सो अवसरमा वडा नम्बर ५ द्वारा आ.व. २०७९÷८० को अवधिमा सम्पादन भएका कामहरुको बारेमा वडा अध्यक्ष पुर्णबहादुर कुँवलरे वडाबासीलाई जानकारी गराएका थिए । सो अवसरमा अध्यक्ष कुँवरले वडा कार्यालयलाई प्राप्त बजेटको आधारमा भए गरेका उपलब्धिहरुलाई सार्वजनिक सुनुवाइ कार्यक्रममा जानकारी गराएका थिए ।

वडा अध्यक्ष कुँवरले आर्थिक वर्ष २०७९ ÷८० मा वडा कार्यालयलाई प्राप्त बजेट रु १ करोड ९ लाख मध्ये छनौट भएका योजना तथा कार्यक्रममा विभिन्न शिर्षक मार्फत बजेट विनियोजन गरिएको जानकारी गराए । जस अन्तर्गत शिक्षा, स्वास्थ्य, खेलकुद, सडक, ढल, ढलान, सिचाँइ, आश्रम÷वृद्धाश्रम, सामुदायिक भवन, खानेपानी तथा सरसफाई, सार्वजानिक शौचालय, मठ मन्दिर, क्रियापुत्री भवन, बाल उद्धान पार्क, भूक्षय, चौतारो मर्मत तथा प्रधानमन्त्री स्वरोजगार योजना अन्तर्गत रहेको जानकारी गराए ।

यस अवधिमा वडा कार्यालयमा विभिन्न शिर्षकमा १३ लाख ४५ हजार २१ रुपैयाँ आम्दानी भएको जानकारी गराए । वडा अध्यक्ष कुँवरले आफ्नो तलब भत्ता विभिन्न क्षेत्रमा आर्थिक सहयोगको रुपमा वितरण गरेको जानकारी गराए ।

सो कार्यक्रममा देवघाट गाउँपालिका प्रशासन प्रमुख गोविन्द प्रसाद पौडेल, योजना शाखा प्रमुख रामप्रसाद सापकोटा, कार्यक्रम शाखा प्रमुख कृष्णराज पन्त, विभिन्न राजनैतिक पार्टीका पदाधिकारी एवं प्रतिनिधिहरु, निवर्तमान वडा अध्यक्ष एवं वडा सदस्य हरु, स्थानीय संघ संस्थाका पदाधिकारी एवं प्रतिनिधि हरु ,स्थानीय मिडियाकर्मी, सुरक्षा निकाय आदिको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र