एमाले तनहुँको इन्चार्जमा महत, न्यौपाने र रसाइलीलाई निर्वाचन क्षेत्रको जिम्मेवारी

Devghat Online

शेयर गरौ

दमौली, जेठ २४

नेकपा एमालेको तनहुँ जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य तिलक बहादुर महत क्षेत्रीले पाएका छन् । एमालेको गत साता सम्पन्न केन्द्रीय सचिवालयको बैठकले गरेको कार्य विभाजनको निर्णय अनुसार महत तनहुँ जिल्लाको इन्चार्ज भएका हुन् । यसअघिका इन्चार्ज पोलिट्व्युरो सदस्य टुकराज सिग्देललाई स्याङ्जा जिल्लाको इन्चार्ज तोकिएको छ ।

यस्तै केन्द्रीय सदस्य भगवती न्यौपानेले क्षेत्र नम्बर १ अन्तर्गतका स्थानीय तहका इन्चार्जको जिम्मेवारी पाएकी छिन् भने अर्की केन्द्रीय सदस्य सविता रसाइलीले क्षेत्र नम्बर २ का पालिकाहरुको इन्चार्जको जिम्मेवारी पाएकी छिन् । न्यौपाने र रसाइली यसअघि तनहुँ जिल्ला सह इन्चार्ज थिए ।

एमालेले पहिलोपटक केन्द्रीय सदस्यहरुलाई समेत पालिकाहरुको इन्चार्जको जिम्मेवारी तोकेको हो । यसपटकको जिम्मेवारीमा सह इन्चार्जको व्यवस्था हटाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता